बाघमारा वनको अध्यक्षमा जितु तामाङ निर्वाचित

चितवन ०७ असार । पूर्वी चितवनको बाघमारा मध्यवर्ती समुदायिक वनको अध्यक्षमा संरक्षणकर्मी जितु तामाङ भएका छन् ।  विगत लामो समयदेखि नेतृत्व विहिन बेनेको वनको अध्यक्षमा पहिलो संरक्षणको क्षेत्रमा क्रियाशिल सौराहाका युवा जितु तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
पर्यटकीय नगरी सौराहा नजिक रहेको बाघमारा वनको मुलुकमा नै पर्यायर्पटनबाट धेरै आम्दानी वन समेत हो । सौराहा सानैदेखि विभिन्न संरक्षणमा सक्रिय तामाङ नेचर गाईड हुदै सौराहामा नै होड अर्कीड समेत सञ्चालन सफल भएका थिए ।
पछिल्लो समयमा उनले नेपाल नै पहिलो बाघ संरक्षण समिति गठन गरि विभिन्न संरक्षणका फिरकशैलीका कार्यक्रमले आफ्नो लोकप्रियतालाई थप उचाईमा लगेका थिए ।
संरक्षणकर्मी युवाले नै नेतृत्व पाएपछि वनले थप उचाई लिने संरक्षणकर्मीहरुको भनाई छ ।
वनको उपाध्यक्षमा सिताराम महतो, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा आशमान लामा र सदस्यहरुमा बीरबहादुर तामाङ, बाबुराम महतो, जंगिलाल चौधरी, रामसिंह महतो र दलबहादुर कुमाल चयन भएका छन ।
यहि असार ४ गते सम्पन्न वनको परिषद् निर्बाचनमा ओद्रा टोलबाट टोल संयोजकको रुपमा निर्वाचित भएका तामाङ वनको अध्यक्षमा चयन भएका हुन् ।
परिषद् निर्बाचनमा ५ वटा संयोजक नेपाली कांग्रेस र ४ वटा संयोजक नेकपाले जितेको थियो ।
नवनिर्वाचित अध्यक्ष तामाङले वन संरक्षण, सामुदायिक विकास र पर्यापर्यटनलाई उत्तिकै महत्व दिएर काम गर्ने बताए । उनले संरक्षण्मा अहिलेसम्म कै उत्कृष्ट नमुना काम गर्ने उद्धघोष गरेका छन् । सामुदायिक वनको गरिमालाई कँहि कतै ठेस लाग्न दिन्न उनले भने उपभोक्ताको चाहनालाई आत्मसाथ गरेर वनको गतिविधि अगाडि बढाउने छु । वनले झण्डै २ करोड बढी आम्दाी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →