असार १० गते अहिले सम्मकै कडा नेपाल बन्द घोषणा

काठमाडौं, ७ असार ।  नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले १० असारमा नेपाल बन्द गर्ने भएको छ । नेकपाले बिहीबार सर्लाहीमा जिल्ला इन्चार्जकुमार पौडेलको हत्याको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपाले विज्ञप्ति जारी गर्दै देशलाई भयानक भिडन्ततिर धकेल्ने र लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा कार्यकर्ता नियन्त्रणमा लिएर हत्या गरेको भन्दै आपत्तिसमेत जनाएको छ ।

नेकपाले हत्याको निष्पक्ष छानबिनका लागि मानवअधिकारवादी, सञ्चारमाध्यम र बौद्धिक तथा नागरिक समाजसँग माग गरेको छ ।

त्यस्तै, नेकपाले वार्ताको प्रचार गरेर राजनीतिक कार्यकर्ताको हत्या गर्ने सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबैलाई आह्वान गरेको छ ।

उसले १० गतेको बन्द सफल पार्न भोलिदेखि प्रचारात्मक गतिविधि गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →