बाघमारा वनमा काग्रेसकाे वहुमत, विजयीहरुलाई सपथ ग्रहण

चितवन ७ असार । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वुधवार भएको निर्वाचनमा विजयीहरुले शुक्रवार सपथ ग्रहण गरेका छन ।
विजयीहुनेहरुमा सौराहा टोलका संयोजक बाबुराम महत्तो, ओद्रा टोलका संयोजक जित बहादुर तमाङ, लौखनी टोलका संयोजक कृष्ण भट्ट, माल्पुर टोलका संयोजक वीर बहादुर तमाङ, सीसुवार टोलका संयोजक चित्रा महत्तो , बद्रहनि टोलका संयोजक आशाराम तमाङ , बाघमारा टोलका संयोजक दल बहादुर कुमाल , मैना टोलका संयोजक जंगीलाल चौधरी , पडरिया टोलका संयोजक रामसिंह महत्तो निर्वाचित हुनु भएको थियो । जम्मा ९ टोल रहेको वनको क्षेत्रमा नेपाली काग्रेसका ५ र नेकपाका ४ जना संयोजकमा निर्वाचित भएका हुन ।
विजयीहरुलाई मृगकुञ्ज मध्यवर्ती उपभोत्ता समितिका अध्यक्ष बासुदेब ढुङ्गानाले सपथ ग्रहण गराउनु भएको थियो ।
समारोहमा चितवन राष्ट्रिय निकुञ्जका रेन्जर प्रतीमा कच्छेवती, मृगकुञ्ज मध्यवर्ती उपभोत्ता समितिका सचिव राममणि खनाल लगायत को सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →