प्रधानमन्त्रीलाइ कालो झण्डा देखाउने पक्राउ

काठमाडौ ४ असार । पछिल्लो समय चर्चित गुठि विधेयकको बिरोधमा किर्तिपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । नेपाली कांग्रेस किर्तिपुर नगर समितिको आयोजनामा कालोझण्डा देखाइएको स्रोतले बताएको छ ।
कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने केहि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार नगरसभापति कृष्णमान डंगोल, नगरसमिति कोषाध्यक्ष राजिता गौतम र क्षेत्रिय प्रतिनिधि नरेश राज पाण्डे रहेका छन् । प्रहरीको लाठी चार्ज बाट केहि प्रर्दशनकारी घाइते समेत भएका छन् ।

नेपाली कांग्रेस जिल्ला सदस्य हिमाल कार्की, क्षेत्रिय सदस्य श्याम सुन्दर सेढाई,तरुण दल सदस्य असोक ढुंगाना घाइते भएका छन् । प्रहरीका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →