हुम्ला,३ असार । जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ मा जिप दुर्घटना भएको छ । जिप दुर्घटनास्थल तर्फ प्रहरी गइरहेको छ ।खार्पुनाथ गाउँपालिकामा जिप दुर्घटना भएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । प्रहरी घटनास्थल नपुगेको थप विवरण नआएको उनले बताए ।

सो जिपमा जनप्रतिनिधिहरु पनि चढेको बताइएको छ । उद्दारका लागि स्थानीय बासिन्दाले प्रयास गरिरहेका छन् । उद्दारका लागि सिम्रिक एयरको हेलिकोप्टर त्यसपर्फ गएको बुझिएको छ ।

Facebook Comments Box