काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा आफूले सम्बोधन गर्न नपाउँदा दुःख लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बैठक स्थगित भएपछि ट्वीट गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण आफूले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सदनलाई जानकारी गराउन नपाएको जिकिर गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘यस घटनाबाट म दुःखी भएको छु ।’

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने तयारी गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका हुन् ।

प्रतिपक्षी दलका नेतालाई पहिला बोल्न समय दिनुपर्ने उनीहरुको माग थियो ।

Facebook Comments Box