रत्ननगर ३० जेठ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरेका छन।यो अभियान देशैभर एकैसाथ लागु भएको छ ।

अभियान सञ्चाल संगै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरिएको छ । गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्यएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात् गरी उक्त अवधारणा प्रहरीले अघि सारेर अभियानलाई सञ्चालन गर्दै आएका छन ।
यसै अभियानलाई यति वेला ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले प्रभावकारी रुपमा सञ्चालन गरेको छ । आज विहिवार मात्रै कालिका नगरपालिका वडा नम्वर ६ स्थित श्री रेडक्रसग्राम आधारभुत विधालय शिवपन्चाङटोलमा कक्षा ८ र ९ मा अध्ययनरत करिव ६२ जना विधार्थी ,शिक्षक शिक्षीकाहरु ,जनप्रतिनिधीहरु समेतको सहभागितामा किशोर किशोरीहरुको लागी बाल अधिकार तथा दुर्व्यसनी सम्वन्धी सचेतनामुलक ’’विधालय सम्पर्क ’’कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले प्रशिक्षण दिनु भएको थियो ।

Facebook Comments Box