चितवन ३० जेठ । रत्ननगर नगरपालिकाले ध्वनि सूचना पाटी (अडियो नोटिस बोर्ड) सुरू गरेको छ । सूचना प्रबिधि मार्फत विद्युतिय सुशासन कायम गर्न रत्ननगर नगरपालिकाले अडियो नोटिस बोड सेवा सुचारु गरेको छ| नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले सुरू गरिएको ध्वनि सूचना पाटीमार्फत नगरपालिकाका हरेक सूचनाहरु सरोकारवालाहरुले आवाजमार्फत सुन्न सक्नेछन् । सूचनाका लागि १६१८०५६५६०५२९ नम्बर डायल गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जाल र पत्रपत्रिकाको पहुँचबाट टाढा रहेका नगरवासी नगरपालिका कार्यालयसम्म नपुगी सूचना थाहा पाउन ध्वनि सूचना पाटीले सहयोग पुग्ने नगरपालिकाका मेयर नारायण बनले जानकारी दिए । नगरपालिकाले यसअघि अनलाइन घरनक्सा पास (EBPS), सम्पूर्ण वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा, ४० ओटा सुबिदा भएको मोबाइल एप, फ्री वाइफाइ जोन, अनलाइन बोलपत्र, सम्पूर्ण वार्ड बाट अनलाइन सम्पति कर तथा नगदी कर संकलन केन्द्र, नेटवर्रकिंग, फाइबर इन्टरनेट, ई-हजारी सेवा, जिन्सी तथा योजनामा सफ्टवेयर,ग्रुप एसएमएस सिस्टमबाट सूचना, नगरपालिकालाई Paperless बनाउनको लागी सम्पुर्ण वडालाई दैनिक पत्राचार र संचार ई–मेल सर्भर द्वारा जोड्ने काम गरिसकेको र नगरपालिकाको व्यवस्थित र योजनाबढ्द रुपमा सूचना प्रबिधि मार्फत नेपालकै नमुना नगरपालिका बन्ने नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत रबि तिवारी जानकारी दिए ।

Facebook Comments Box