रत्ननगर २९ जेठ । पुर्वी चितवनको जेठो शैक्षिक संस्था नेपाल माध्यामिक विधालयमा आज नमुना भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


भवन शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थ मन्त्री माननीय सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । कायक्रममा प्रदेश नम्वर ३का प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल, ,कन्चन खनाल , जिल्ला समन्वय समितिका संयोजक कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन लगायतले वोल्नु भएको थियो ।
कार्यक्रम रत्ननगर २ का वडा अध्यक्ष तिलक राज शर्मा पौडेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box