मेयर कपको पहिलो खेलनै स्थगित

चितवन १६ जेष्ठ। चितवनको खैरहनीमा विहीवारदेखी दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिका र युवा स्वर्ण तारा क्लवको सयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर चौधरीले नगरपालिकाले शिक्षा,स्वास्थ्य,खेलकुदलाई समानान्तर विकास गर्दै आएको वताए । उनले मेयरकपबाट उत्कृष्ठ खेलाडी छनौट गरेर प्रशिक्षण दिई नगरस्तरीय टिम वनाउने योजना रहेको सुनाए । नगरको सवै वडाहरुमा विभिन्न खेलकुद प्रतियोगिता गरेर खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको समेत मेयर चौधरीले वताए । चालु आर्थिक वर्षमा खैरहनी २ स्थित जनजीवन मावी र खैरहनी १० स्थित कठार माविको खेल मैदान व्यवस्थापन गरिएको वताए । उद्घाटन खेलमा खैरहनी वडा नम्वर ३ र १० बीचको खेल स्थगित भएको छ । खेल सुरु भएको २ मिनेटमै पानी परेपछि आगामी शनिवार आयोजना गर्ने गरी स्थगित भएको प्रतियोगिताका संयोजक एवंम् युवा स्वर्ण तारा क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । प्रतियोगिता अन्र्तगत शुक्रवार वडा नम्वर ६ र १३ बीच प्रतिस्पर्धा हुने संयोजक अधिकारीले वताए । युवा स्वर्ण तारा क्लवका अध्यक्ष मनोज खड्गीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताको विजेताले नगद ५० हजार,ट्रफी तथा उपविजेताले नगद २५ हजार रुपैया प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →