चितवन १६ जेष्ठ। सीप सिकेर बसेका रत्ननगरका महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिलता विकास तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नारी जागरण केन्द्रले आयोजना गरेको सो तालिममा २३ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले मेयरसंग उद्यमशिलता कार्यक्रम कार्यान्वनको अन्तिम चरणमा रहेको भन्दै सो कार्यक्रम मार्फत नगर भित्रका अधिकाँस महिलालाई व्यवसाय मुखी बनाउने बताए । केन्द्रकी अध्यक्ष सपना बोहोराले आर्थिक संलग्नताका लागि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन । चार दिने सो तालिममा केन्द्रकी महासचिव विष्णुकुमारी आचार्य र विमला खनालले व्यवसायिक योजना,निर्णय प्रक्रिया,बजार प्रर्बद्धन र पूजिलगानी लगायतको विषयमा प्रशिक्षण दिएका छन । केन्द्रकी अध्यक्ष बोहोराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा नं ३ का कार्यबहाक अध्यक्ष किशोर बाबु पुरी,कार्यपालिका सदस्य निर्मला खड्का,केन्द्रकी पूर्व अध्यक्ष ज्वाल पुरी लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box