काठमाण्डौ ७ जेठ । कामिरिता शेर्पाले आज बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नु भएको छ । उहाँले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गर्नु भएको हो । आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान बनाउन सफल हुनु भएको हो । आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बन्नु भएको छ । यसअघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उहाँकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताले २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य रहेको बताउँदै आउनु भएको छ ।

Facebook Comments Box