जेष्ठ ६ गते । खैरहनी नगरपालिका भित्र मासु व्यवसाय गर्ने व्यवसायीहरुसंग नगरपालिकाले सोमवार अन्र्तक्रिया कार्यक्रम गरेको छ । नगरवासीलाई स्वच्छ मासु उपभोग गराउने उदेश्यका साथ खैरहनी नगरपालिकाले यहाँका व्यवसायीहरुसंग अन्र्तक्रिया गरी उनीहरुको समस्या समेत लिएको छ । कार्यक्रममा खैरहनीका मेयर लालमणी चौधरीले मानव स्वास्थ्यलाई ध्यानमा दिदै स्वस्थ मासु विक्री वितरण गर्न आग्रह गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार पहिलो चरणमा अनुगमन गरि सचेतनाका लागि व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको र दोश्रो चरणमा अनुगमन गर्दा कमजोरी फेला परे कारवाही प्रक्रिया अघि वढाईने वताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले खाद्यको गुणस्तर, कमजोर पाईए कानुनी कारवाही लगायतका विषयमा सहजीरकण गरेका थिए

Facebook Comments Box