काठमाडौं ५ बैशाख । । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आईतबारको शैक्षिक हड्ताल फिर्ता लिएको छ । आफ्नो विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीबी ढकाललाई प्रहरीले पक्राउ गरेको भन्दै बैशाख ५ गते आज विप्लव समूहको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० शैक्षिक हड्ताल आह्वान गरेको थियो ।

पक्राउ परेका अध्यक्ष ढकाल रिहा भएपछि अखिल ९क्रान्तिकारी० ले शैक्षिक हड्ताल फिर्ता लिएको उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत वैशाख २७ गते शुक्रबार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनको क्रममा अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार काठमाडौ जिल्ला अदालतले थुनछेक बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको थियो ।

Facebook Comments Box