जेठ १५ बाट बेरोजगार युवालाई काममा लगाईने

काठमाडौ २ जेठ । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस वर्ष १ लाख भन्दा बिढ युवालाई जेठ १५ गतेबाट रोजगारी दिइने भएको छ । ३ महिना अघि घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वेरोजगारहरुले आवेदन भरिसकेका छन् । ७ सय ५३ वटै स्थानीय तहले आवेदन संकलन पछि अद्यावधिक गर्ने काम भइरहेको हुनाले जेठ १५ बाट मात्रै उनीहरुलाई काममा लगाईने सरकारले तयारी गरेको छ । सय दिनको काम दिने र काम दिन नसके निर्वाहमुखि भत्ता दिनेगरि ल्याइएको कार्यक्रम यस वर्ष भने ३० दिनमा सिमित हुने भएको छ । सरकारले यसका लागि २ अर्ब ३६ करोड बजेटपनि विनियोजन गरिसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम व्यवस्थापन शाखा प्रमुख डा.लोकनाथ भुषालले एउटा गाउँपालिका वा नगरपालिकामा धेरैमा ३ सय ५० र कममा एक सय जनाले रोजगारी पाउने जानकारी दिनुभयो । उहाँले आवेदन दिँदा जतिले दिएपनि त्यसमध्येका वास्तविक बेरोजगार जो कुनैपनि रोजगारीमा संलग्न छैनन् वा जसको घरमा कोहि रोजगारीमा छैनन् त्यसको पहिचान गरेर मात्रै काम दिइने छ । विशेषगरी सार्वजनिक विकासका काममा रोजगारी दिने हुँदा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिक नै रोजगारी पाउने युवाले पाउने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →