दिनभर काम गरिसकेपछि आराम गर्नु हाम्रो स्वास्थ्य र शरिर दुवैका लागि सबै महत्वपुर्ण कुरा हो । मानिसलाई स्वस्थ र शरिरलाई इस्फुर्त राख्नको लागि निन्द्रा लाग्नु आबश्यक रहन्छ ।कतिपय मानिसहरुको कपडा लगाएर सुत्ने बानी हुन्छ । कपाडा लगाएर भन्दा कपडा नलगाएर सुत्नुका धेरै फाइदा छन् । जुन केही फाइदा निम्न तल रहेका छन् ।

१. नग्न सुत्दा रक्तसञ्चार सन्तुलनमा रहन्छ । जसले गर्दा तनाव कम हुनुका साथै स्वस्थ्यमा पनि धेरै फाइदा पुर्याउछँ ।

२. कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउनुका साथै मिठो निन्द्रा पर्छ जसले गर्दा तपाइको स्वास्थ्यलाई पनि राम्रो गर्छ । नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ ।

३. कपडाबिना सुतेमा शरीर अतिरिक्त तापक्रमबाट बच्छ। जसले गर्दा मीठो निद्रा लाग्छ। शरीरको तापक्रम नियन्त्रित रहन्छ। जसको आवश्यकता दिमागलाई हुन्छ।

४. लुगाबिना सुत्दा पसिना आउने भागमा संक्रमण हुने खतरा कम हुन्छ । यसरी सुत्दा महिला पुरुष दुवैलाई फाइदा हुन्छ ।

Facebook Comments Box