ध्रुवराज खनाल
चितवन  ३० बैशाख   । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लाको खैरहनी नगरपालिकामा खाद्य स्वच्छता सम्वन्धी उपभोक्ता भेला प्रचार कार्यक्रम गरेको छ ।
खैरहनी नगरपालिका र चितवन उद्योग संघ खैरहनी इकाई समितिको सहआयोजनामा सोमबार कार्यक्रम गरिएको हो ।
उपभोक्ताहरुलाई स्वच्छ खाद्य पदार्थ पुर्याउने उद्देश्यले डिभिजन कार्यालय चितवनले जिल्लाका स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएको छ । त्यसै अन्र्तगत खैरहनीका उपभोक्ता, उद्योगी, व्यवसायी, नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई लक्षित गरि कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत विक्की राउत र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य स्वच्छताका बारे सहजीकरण गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको अध्यक्षता तथा खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Facebook Comments Box