विकाश पौडेल

खैरहनी ३० बैशाख । खैरहनी–१३ हर्नहरीमा रहेको रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।सोमवार पुस्तकालयले मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार आयोजित कार्यक्रममा मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध समाजका गतिविधि गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले मानव बेचविखन ओसार–पसारका वारेमा सजग रहन गनु पर्र्ने गतिविधिका वारेमा वताएका थिए । कार्यक्रममा पौरखी नेपालका कार्यक्रम संयोजक गोविन्द न्यौपानेले वैदेशिक रोजगारका कारण पछिल्लो टिक मानव बेचविखनको घटना वद्धि भएको वताउनु भएको थियो । मानव वेचविखन भन्दा महिलालाई मात्रै पर्ने सोच्ने गथ्यौं भने त्यो नभई पुरुस पनि मानव वेचबिखनको शिकार हुने गरेको वताउनु भएको थियो । न्यौपानेले वैदेशिक रोजगारीमा जाने क्रममा नेपालवाट मात्रै जान पर्ने र अन्य देशको वाटो प्रयोग गरेर जादै छौ भने त्यो मानव बेचविखन हुदै भन्ने थाहा पाउनु पर्ने र त्यसरी ठगियमा वैदेशिक रोजगार विभागका दुई जना सरकारी वकिल नेपाल सरकारले राखेको र कुनै पैसा नपर्ने भएकोले उजुरी दिन सकिने समेत वताउनु भएको छ ।


त्यस्तै कार्यक्रममा चेली नेपालका प्रतिनिधि रविना श्रेष्ठले वेचविखनमा पर्ने कारण र सचेत रहन के गर्नु पर्छ भन्ने वारे सहभागिलाई वुझाउनु भएको थियो । साथै उद्धार संगै चेली नेपालले उद्धार गरिएका चेलिहरुलाई तालिमको व्यवस्था समेत गरेको वताउनु भएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले मानव बेचविखन ओसार–पसार पनि आधुनिकता संगै विभिन्न क्षेत्रवाट हुने गरेकोले सवै सचेत हुन पर्ने वताएका थिए । कार्यक्रममा दावा लामा र विनिता तिमलसिनाले सहजीकरण गर्नु भएको थियो । सोमवार आयोजित मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग सचेतनात्मक कार्यक्रम पुस्तकालयका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने पुस्तकालयले स्थानीयबासीलाई पुस्तकालयबाट पुस्तक पढने, निःशुल्क इन्टरनेट चलाउने र कम्प्युटर तालिम दिने गरेको छ । भने सूचना प्रविधिको ज्ञानसहित किसानहरुलाई कृषि र पशुपालनको तालिम समेत दिने गरेको छ ।

Facebook Comments Box