काठमाडौ २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज दक्षिण पूर्वी एसियाली–आसियानका दुईवटा मुलुकहरुको भ्रमणका लागि जान लाग्नु भएको छ । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली आज बिहान त्यस तर्फ प्रसथान गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बिहान १० बजेर ४५ मिनेटमा त्यस तर्फ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यका साथ प्रधानमन्त्रीको यो भ्रमण हुन लागेको हो । भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा पाँचदिने भ्रमण र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा तीन दिने भ्रमण गर्नुहुनेछ । भियतनाम भ्रमणमा प्रधानमन्त्री ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने त्यहाँका नेशनल एसेम्ब्लीका अध्यक्षसँग पनि भेटवार्ता गर्नुहुनेछ । दुबै भ्रमण औपचारिक भ्रमण हुन् । भियतनाम भ्रमणमा प्रधानमन्त्री ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने त्यहाँका नेशनल एसेम्ब्लीका अध्यक्षसँग पनि भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ ।

Facebook Comments Box