चितवन,२६ वैशाख । चितवनमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुने भएको छ । चितवनको लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टस यामाहाले उत्साहजनक रुपमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुँने जनाएको छ । सौराहा चोक ट्याम्पु पार्कमा बिहिबार २६ गते देखि सुरु हुने मेला आउँदो २९ गतेसम्म चल्नेछ ।

जान पाइनेछ । आफ्नो पुरानो बाइकको राम्रो मूल्यांकन पनि ग्राहकले मेला स्थलमा नै पाउनेछन् । मूल्यांकन भएको पुरानो बाइक र स्कुटर मूल्यमा यामाहा कम्पनीले १० हजार रुपैयाँ थप दिनेछ । यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिने कम्पनीले जनाएको छ।अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा राम्रो अवसर हो,’ कालिका मोटरसाइकल पार्टसका शाखा प्रबन्धक रामचन्द्र कोइरालाले भने ।

मेला अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकल साथै स्कुटरको सबैभन्दा उच्चतम मूल्यांकन पाइने कम्पनीको दावी छ । अझ त्यसमाथि यामाहाले कुनैपनि कम्पनीको होस अथवा चल्दै नचलोस सो मोटरसाइकल र स्कुटर को मिनिमम ३० हजार रुपैयाँ मूल्यांकन,फ्रि एक्सेसरिजमा,लेगाड,हेल्मेट,गल्पस,बाईक कबर, फुट म्याट,२०%डाउनपेमेन्ट गरि दैनिक २०० जम्मा हुँने गरि खरिद गर्न सकिने भएकाले ग्राहकको आकर्षण उच्च हुँने पनि जानकारी दिनुभयो। मेलामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक लाई एक लाखसम्म क्यास छुट दिने अफर पनि छ । यसले ग्राहकलाई अझ धेरै उत्साहित बनाउने कम्पनीको विश्वास छ । मेलमा ‘अन द स्पोट फाइनान्स फ्यासिलिटि ’ पनि दिइएको छ । कुनै बाइक, स्कुटर किन्दा फाइनान्स गर्न चाहानेलाई कम्पनीले मेला स्थलमै फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यस्तै बाइक किन्दा निःशुल्क एक्सेसररिज पनि ग्राहकलाई दिइनेछ भने विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ । मेलामा बाइकको फ्रि चेक अप क्याम्प पनि सञ्चालन गरिँदैछ । महाएक्सचेन्ज मेलामा म्युजिकल प्रोग्राम, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि राखिने छ ।

मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने अपेक्षा कालिका मोटरसाइकल पार्टसले लिएको छ ।

Facebook Comments Box