चितवन २५ वैशाख । आज विश्व रेडक्रस दिवस र नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरको रजत बर्ष २०७६को सन्दर्भमा रत्ननगर उपशाखाद्धारा विधालयमा आधारित दुई दिवसिय आधारभुत प्राथमिक उपचार तालिमको आज एक समारोहका विच समुद्घाटन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन रहनु भएको थियो । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपाने ,रत्ननगर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष तिलक राज शर्मा पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।
समुदघाटन समारोहमा सहभागिहरुलाई आधारभुत ७ सिद्धान्तका वारेमा रेडक्रस रत्ननगरकी सदस्य अनु गौतमले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा रत्ननगर क्षेत्रका २० विधालयका ४३ जना विधार्थी र १५ जना शिक्षक नायकहरुको उपस्थिती रहेको छ । नेपाल रेडक्रस सोसाईटी चितवन शाखा उपसभापति बिदुर के.सि प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ । भने गितानगर उपशाखाका सभापति रुद्र अधिकारी , जिल्ला कार्यसमिति सदस्य शारदा पौडेल लगायतले प्रशिक्षण दिने नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरका सभापति गोविन्द श्रेष्ठले वताउनु भएको छ ।
कार्यक्रम भोलि सम्म सञ्चालन हुने छ । महेश प्रसाद रौनियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Facebook Comments Box