काठमाडौ १६ बैशाख । आज राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक निर्माण घोषणा गरिएको छ । कार्यक्रममा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीले चलचित्रको मुर्हुत सट दिएका थिए ।

कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्रको यो तेस्रो निर्देशनमा बन्न लागेको चलचित्र हो । चलचित्रमा स्वयम निर्देशक लामाको कथा रहेको छ ।

आगामी दशैमा रिलिज गरिने चलचित्र ‘छ माया छपक्कै’ निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेका छन् । चलचित्रलाई आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइले मिलेर निर्माण गर्ने भएका छन् । करिब बजेट २ करोड लगानी रहने यस चलचित्रको सबै लगानी रोहित अधिकारी फिल्मसको हुनेछ भने नाफाको ५० प्रतिशत दीपक–दीपा टिमले लिनेछन् ।

चलचित्रमा दीपकराज गिरीको पटकथा रहने छ भने संवाद अभिमन्यू निरवी, दीपक, जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा मिलेर लेखेका हुन् । प्रेनिर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने यस चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रुपमा रहेका छन् ।दीपक शर्माको संगीत रहने यस चलचित्रमा कविराज गहतराजको नुत्य,रोशन श्रेष्ठको एक्शन,हरि हुमागाईको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने वताएका छन् ।

Facebook Comments Box