रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं १६ का वडा अध्यक्ष हेमराज थापाले गरिव तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका छन । सो वडामा रहेको भद्रकाली माविमा कक्षा ५ मा अध्ययनरत आयुषा सूयालको अभिभाबकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका हुन । विद्यालयमा आयोजित कार्यक्रममा उनले सूयाललाई किताव,स्टेशनरी,पोसाक समेत प्रदान गरे । वडाध्यक्ष थापा नेपाली सेनाका अबकास प्राप्त नेपाली सुवेदार हुन । नेपाल सरकारबाट पेन्सन पाउने भएकाले उनले जनप्रतिनिधिलाई सरकारले दिने सेवा सुविधा पाउदैनन । वडाध्यक्ष थापाले आफुले पाउने पेन्सनबाट सूयाललाई कक्षा १२ सम्म पढाउने बताए । उनले वडा भित्रका आर्थिक अभावका कारण विद्यालय नियमित नभएको कोही भए तिनीहरुको पनि अभिभावकत्व ग्रहण गरेर पढाउने जिम्मेवारी लिने बताए । त्यस्तै स्थानीय सर्मिला गुरुङले सोही विद्यालयमा अध्ययनरत ३ जनालाई किताव सहयोग गरेकी छन ।

Facebook Comments Box