मिलन चाम्सद्धारा निर्देशित चलचित्र ‘वीर–विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ मा प्रदर्शन मिति तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्गलाई देख्न सकिन्छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । चलचित्र‘वीर विक्रम २’मा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बू लगायतको अभिनय रहेको छ ।चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा रहेको छ । अपर्ण सापकोटा चलचित्रको सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र सुदीप बरालले खिचेका हुन् ।

Facebook Comments Box