काठमाडौ ९ बैशाख । सरकारले नेपाललाई आत्मनिर्भर बनाउनका लागि चैते धान र मसिना तथा वास्नादार चामल उत्पादनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । धान उत्पादनका लागि सरकारले लिने वार्षिक लक्ष्य पुरा गर्न धानका लागि विशेष योजना ल्याउने तयारी भइरहेका कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री आधुनिकिकरण योजनाका साथै वर्षे धानका साथै अब चैते धान उत्पादनका लागि विशेष योजना र कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । मुलुकको प्रमुख अन्नको रुपमा रहेको धानमा आत्मनिर्भर बनाउन चैते धानका साथै मसिना र वास्नादार धान उत्पादनका लागि किसानलाई अनुदान, उन्नत जातको बिउ, मल उपलब्ध गराउने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने उहाँको भनाई छ । वर्षे भन्दा पनि चैते धानको उत्पादकत्वमा ध्यान दिइयो भने नेपाललाई सहजै र चाँडै धानमा आत्मनिर्भर बनाउन सकिने पौडेलले बताउनुभयो ।

Facebook Comments Box