रत्ननगर २८ चैत । पुर्वी चितवनको बकुलहरमा रहेको बकुलहर माध्यमिक विधालयको २०७५ सालको वार्षिक परीश्राफल प्रकाशित भएको छ ।आज विधालयमा आयोजना गरेको एक समारोहका विच परिक्षाफल प्रकाशित गरिएको विधालयकी प्रध्यानाध्यापक कमल ढकालले जानकारी दिनु भएको छ ।

ंआजै ४८ जना विघार्थीलाई इमेज जव लिङक सौराहाचोकको सहयोगमा पुरस्कार वितरण समेत गरेको ढकालले वताईन । परिक्षाफल प्रकाशित कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नु भएको थियो भने परिक्षा समितिका संयोजक भोजराज पौडेलले परीश्राफल सार्वजनिक गर्नु भएको थियो ।

विधालयकी प्र.अ. कमला ढकालले विधालयको शैक्षिक , भौतिक, आथिक गतिविधिमाथि प्रकाश पानुभएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालीकाका नगर शिक्षा अधिकारी राजेन्द्र प्रसाद बराल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा इमेज जव लिङकका प्रमुख रामकृष्ण कार्की, सपना भिलेज सौराहाका प्रबन्ध निर्देशक मेघनाथ पुरी, व्यवस्थापन समितिका पदाधिकारी , अक्षयकोष स्थापना गर्ने संस्थापकका प्रतिनिधि , भवन निर्माण समितिका पदाधिकारी,स्थानिय अभिभावक विघार्थी,शिक्षक लगायतको उपस्थिती रहेको थियो । परिक्षाफल प्रकाशित कार्यक्रम रत्ननगर नगरपालीका वडा नम्वर १का वडा प्रतिनिधि बाबुराम गौतम को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box