चितवन २८ चैत । रत्ननगर नगरपालीका विकासको दृष्टिकोणबाट हेर्दा निकै अघि बढेको छ । नगरपालीकाले संघिय सरकार , प्रदेश सरकारको सहकार्यमा र केहि आफ्नै बजेटबाट विकासको क्षेत्रमा केहि गर्न खोजेको प्रस्ट देखा परेको छ । नगरभित्र सम्पन्न भन्दा पनि विकास निमार्ण कार्य निरन्तर सञ्चालीत छन् । नगर भित्र ईकोपार्क, वालउधान, कवर्ड हल , सडक,कयर खोला डयाक निमार्ण , ढल निमार्णको कार्यले तिब्रता पाएको छ ।
नगरपालीकाले नगर भित्रको चारओटा बिधालयमा प्राविधिक शिक्षा सुरु गरिसकेको छ । नेपालको तेस्रो पर्यटकयी स्थल सौराहा प्रवेशद्धारलाई भने बेवास्था गरेको प्रस्ट देखापरेको छ । अतिक्रमित क्षेत्र खाली गरी १० कट्ठा जमीनमा करीब रु ४० लाखको लागतमा रत्ननगर नगरपालिकाको सौराहा चोकमा निमार्ण गरिएको बसपार्क गत भदै ५ गते उद्धघाटन भएपनि अहिले सम्म सञ्चालनमा आउन सकेको छैन ।

नगर भित्रको पार्किङ्ग र रत्ननगरबाट विभिन्न क्षेत्रमा छुट्ने सवारीसाधन बसपार्कबाट सञ्चालनमा ल्याउने योजना अहिले कागजमै सिमित रहेको छ ।
रत्ननगरको बकुलहर चोक, सौराहाचोक र टाँडीचोकमा जथाभावी पार्किङ्गले अस्तव्यस्त वनेको छ । म्याजीक ,आटो ,वस ,कार जथाभावि पार्किङ्गले गर्दा दुर्घटनाको सम्भावना समेत बढिरहेकोछ ।
यस बिषयमा रत्ननगर नगरपालीकाका प्रशासकीय अधिकृत संगम सापकोटासंग कुरा गर्दा उनले वसपार्क उद्धघाटन गरेपनि अस्थाई रुपमा सञ्चालन गरेको वताउनु भएको छ ।
अस्थाई रुपमा म्याजिक र ओटालाई निःशुल्क पार्किङ्ग गर्ने व्यवस्था गरे र बसपार्क निर्माणको काम बाँकि रहेको र अहिले डिपिआरको काम भएको र वजेट जुटेमा छिट्टै निर्माण सकि पुर्ण रुपमा सञ्चालन हुने बताउनु भएको छ ।
निर्माणले पुर्णता नपाउदै उद्धघाटन गरि जनप्रतिनिधिहरुले आफ्नो लोकप्रियताको लागि गरेको प्रस्ट देखिएको छ । त्यस्तै रत्ननगरको भानुचोक देखि टाँडी सम्मको सडक खण्डको डिभाईडरमा उम्रेका घाँस र रुख विरुवाले रत्ननगरको स्वरुप समेत कुरप देखिएको छ ।

Facebook Comments Box