रत्ननगर २७ चैत । नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले वारा र पर्साका हावाहुरु पिडितका लागि सहयोग हस्तान्तरण गरेको छ ।
वारा र पर्सा लगायतका जिल्लामा ठूलो आँधी बेहेरी र चट्टयाङ पर्दा करिब ३० जनाको मृत्यु भएको थियो । हावाहुरीवाट पिडित भएकाहरुको लागि नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले नगद १ लाख ६९ हजार ७ सय ९२ रुपयाँ वारा बिपत व्यवस्थापन सहायताकोषमा जम्मा गरेको रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ जानकारी दिनु भएको छ ।
वाराको कलैयामा एक समारोहका विच सहायताकोषमा जम्मा गरेको भौचर हस्तान्तरण समारोहका प्रमुख अतिथि एवं वाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेको श्रेष्ठले वताए ।
कार्यक्रममा नेपाली सेना वाराका सेनानी विक्रम शाहा , शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक प्रकाश शाहा , युनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिभक्त घिमिरे लगायतले वोल्नु भएको थियो । भने कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box