चितवन,२६ चैत्र । दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसानहरु विरोधमा उत्रिएका छन् । दाना उद्योग संघका अध्यक्ष, ह्याचरी संघ र व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी कुखुराको मूल्य तोकेको भन्दै आक्रोष व्यक्त गरेका छन् ।
वास्तविक किसानहरु मारमा पार्ने गरी आफूखुशी दाना उद्योगीहरुले कुखुराको साइज अनुरुप ४ देखि १५ रुपैयाँ प्रतिकेजी कुखुराको मूल्य घटाउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक प्रसाद पौडेलद्धारा जारी गर्नु भएको प्रेसविज्ञप्तिमा उल्लेख छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुखुरा पालन गर्ने किसानहरुको प्रतिनिधिमूलक संघसंस्थालाई समावेश नगरी किसानलाई अत्यन्तै मर्का पर्ने गरी कुखुराको साइज अनुसार मूल्य तोकी कुखुराको मूल्य घटाउनु खेद जनक रहेको पौडेलले वताए ।

Facebook Comments Box