चैत २६ गते । स्थानीय तह कार्यान्वयन पछि पहिलो पटक खैरहनी नगरपालिकाले लिएको आधारभुत शिक्षा उर्तिण परिक्षा (कक्षा ८ )को नजिता प्रकाशन गरेको छ । आधारभूत शिक्षा उर्तिण परिक्षा समितिका अध्यक्ष खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माको अध्यक्षतामा तथा नगर प्रमुख लालमणी चौधरीको उपस्थितीमा मंगलवार विहान वसेको वैठकले परिक्षाफल प्रकासन गर्ने निर्णय गरेको थियो । नगर भित्रका २५ वटा विद्यालयबाट सो परिक्षामा १ हजार २ सय ९ जना विद्यार्थी सहभागी रहेकोमा १ सय ८ जना विद्यार्थीले ग्रेट वृद्धी परिक्षा दिनु पर्ने देखिएको खैरहनी नगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । परिक्षामा १८३ जना विद्यार्थीले ए प्लस ,२५५ जना विद्यार्थी ए , २५४ जना विद्यार्थी बि प्लस,१९६ जना विद्यार्थी बि,२४९ जना विद्यार्थी सि प्लस,६७ जना विद्यार्थी सि र ११ जना विद्यार्थी डि प्लस ग्रेटमा उर्तिण भएका शिक्षा शाखा प्रमुख पौडेलले वताए । कुल विद्यार्थी मध्ये परिक्षामा ६ जना विद्यार्थी अनुपस्थित थिए । खैरहनी माध्यमिक विद्यालयबाट ३ जना,कंकाली माध्यमिक विद्यालयबाट २ जना र मोर्डन इंग्लिस वोडिङ स्कुलबाट १ जना विद्यार्थी परिक्षामा अनुस्थित थिए । यही चैत १२ गतेदेखी २० गते सम्म कक्षाको आठको परिक्षा संचालन भएको थियो । आधारभूत शिक्षा उर्तिण परिक्षा समितिका अध्यक्ष खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माको अध्यक्षतामा वसेको वैठकले ग्रेट वृद्धी परिक्षा वैशाख ७ गतेदेखीका लागि मिति तय गरेको समिति अध्यक्ष शर्माले वताए । आफ्नो ग्रेटमा चित्त नवुझे विद्यार्थीले विद्यालय मार्फत नगरपालिकामा निवेदन दिन समेत सक्नेछन् । त्यसका लागि यही चैत २७ गतेदेखी २९ गते सम्मको समय दिईएकोछ । यदि निवेदन आएमा पुर्नयोगको नजिता वैशाख २ गते सार्वजनिक गरिने आधारभूत शिक्षा उर्तिण परिक्षा समितिका अध्यक्ष शर्माले वताए ।

Facebook Comments Box