रत्ननगर २३ चैत । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा शनिवार खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ । रत्ननगर ९ मोहनामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अथिति वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामा रहेकी थिइन । कार्यक्रममा इन्जिनियर ज्ञानप्रकास पौडेले खानेपानी वितरणमा अपनाउनु पर्ने सर्तकता र उपभोक्ताको जिम्मेवारी तथा प्रर्दुषण काम गर्ने उपायका बारेमा सहजीकरण गरेको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष भीष्मराज पौडेलले खानेपानीको गुणस्तर सुधारका लागि परिषद सदस्य र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको बताए । कार्यक्रममा खानेपानीका सचिव तथा खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद नेपाल,उपाध्यक्ष रामहरि अधिकारी,कोषाध्यष विष्णु पौडेल,पासर्द नन्दलाल रेग्मी लगायतले मन्तव्य राखेका थिए । खानेपानीका वडा संयोजक अमृत बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीका पार्सद र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box