भद्रगोलबाट निकै चर्चामा रहेकी रक्षा श्रेष्ठ फिचर्ड ‘पुर्णिमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नयाँ कलाकार सुशान्त पाठकको मुख्य भूमिका रहेको छ । सो म्यूजिक भिडियोमा अभिनय गरेका सुशान्त पाठक नयाँ भएपनि आफ्ना क्षेत्रमा अब्बल र भविष्यमा यो क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने व्यक्ति हुनुहुन्छ । म्यूजिक भिडियोमा उहाँको उत्कृष्ट अभिनय रहेको छ । शंकर कडेलको स्वर रहेको गीतमा राज खड्काको शब्द तथा संगीत रहेको छ। भिडियोमा रक्षाको साथमा सुशान्त पाठक फिचर्ड रहेका छन्। बुद्ध थापाले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन्।

Facebook Comments Box