रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को शिर्ष गीत सार्वजनिक भएको छ। मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको यस भिडियोलाई बसन्त अधिकारीले निर्देशन गरेका छन् । चैत्र १ मा रिलिज हुने फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ।

 

Facebook Comments Box