चितवन ७ चैत । अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले फागुन ७ गते आज अर्पण होली हंगामा कार्यक्रम गर्ने भएको छ । असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मवालम्बीले उत्साहका साथ मनाउन जुटेका छन् । त्यसै अवसरमा अरुण संचार सहकारी संस्थाद्धारा संचालित रेडियो अर्पण १०४.५ मेगाहजले अर्पण होली हंगामा कार्यक्रम गर्ने भएको हो ।
रेडियो अर्पण कार्यालय परिसरमा आज दिउसो १ बजेबाट अर्पण होली हंगामा कार्यक्रम सुरु हुने छ । कार्यक्रमको रेडियो अर्पण र रेडियोको फेसवुक पेज वाट प्रत्यक्ष प्रसारण हुने रेडियोका स्टेशन इन्चार्ज धुर्वराज लामिछाने जानकारी दिनु भएको छ ।

Facebook Comments Box