चितवन २९ फागुन । अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमह सम्पन् गरेको छ ।
सामुदायीक रेडियो रेडियो अर्पण हिजो आठौ वर्ष पुरा गरि नवौ वर्षमा प्रवेश गरेको छ । वार्षिकत्सवको अवसरमा रेडियोले फागुन २० गते देखि भिन्न कार्यक्रम सञ्चालन गदै आएको थियो ।
हिजो वार्षिकोत्सको अवसरमा विभिन्न विधामा योगदान पुराएको व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । उत्कृष्ट कर्मचारी सम्मान वाट रेडियोका स्टेशन ईन्चार्ज धुव्रराज लामिछाने सम्मानित हुनु भएको छ ।
त्यस्तै समाजमा साहित्य क्षेत्रवाट पुर्याएको योगदानको उच्च सम्मन गर्दै लक्ष्मण अर्याल सम्मानित हुनु भएको छ । त्यस्तै कलाकारीता क्षेत्र वाट दिपक अधिकारी , रेडियोका जेष्ठ शेयर सदस्य आसमाया मानन्धर , स्वास्थ क्षेत्रवाट अमृतराज राज भण्डारी लाई सम्मान गरिएको थियो । साथै वार्षिकोत्सको अवरमा आयोजित विभिन्न कार्यक्रमा सहभागि एवं विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्वर ३ का समामुख सानुकाजी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा सदस्य कृष्ण खनाल , कञ्चजन खनाल र रत्ननगर नगरपालिका प्रमुख नारायण वन रहनु भएको थियो ।
अतिथिमा रत्ननगर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष तिलक राज शर्मा,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, अर्पण वचत तथा ऋण सकारी संस्थाका अध्यक्ष एवं रेडियोका उपाध्यक्ष एमन भुसाल, उधोग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, लगायतले वोलनु भएको थियो। समापन समारोहमा चचिर्त कलाकार प्रकाश सपुत , दुर्गा सापकोटा, अर्जुन सापकोटा लगायतको साँगितिक प्रस्तुती रहको थियो ।
रेडियोका सचिव सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने रेडियाका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन् भएको थियो ।

Facebook Comments Box