चितवन २१ फागुन । अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

रेडियोले भोलि फागुन २२ गते वुधवार विभिन्न क्षेत्रमा रहेर पर्यटन व्यवसायमा आवद्ध रहेका व्यवसायी सहित स्थानिय निकायमा प्रमुख संग चितवनको पर्यटकिय क्षेत्र सौराहामा “समृद्धि चितवनका लागि पर्यटन व्यवसाय” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै , २४ गते मा वि विद्यालयस्तरीय बक्तृत्वकला   प्रतियोगिता सञ्चालन हुनेछ । त्यस्तै २५ गते रक्तदान  कार्यक्रम , २६ गते अन्तर कर्मचारी म्युजिकल चियर र घैटो फुटाई कार्यक्रम हुनेछ भने फगुन २८ गते पुरस्कार वितरण एवं मुल समारोह साथै स्थानिय र राष्ट्रि कालाकारहरुको साँगितिक प्रस्तुती रहने  रेडियोका अध्यक्ष मेघनाथ पौडेलले वताए ।  स्थापनाको छोटो समयमा आफूहरुलाई स्रोताको माया मिलेको र आगामी दिनमा थप नयाँ कार्यक्रमहरु समेत घोषणा गर्दै अगाडि बढ्ने रेडियोका स्टेशन इन्चार्ज धुव्रराज लामिछानेले  बताए ।

Facebook Comments Box