काठमाडौ १९ फागुन । सरकारले योगदानमा आधारित किसान निवृत्तिभरण अर्थात् पेन्सन योजनालाई योगदानमा आधारित सुरक्षा कार्यक्रमका रुपमा ल्याउने तयारी गरेको छ । किसान पेन्सन कार्यालय सञ्चालन गर्न चुनौती देखिएकाले यसलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका रुपमा ल्याउन खोजीएको कृषी तथा पशुपन्छी मन्त्रालयले जनाएको हो । किसान पेन्सनलाई कार्यान्वयनमा ल्याउन नसकिने भएकाले कृषकलाई परिचयपत्र उपलब्ध गराउने गरि फरक कार्यक्रममा रुपान्तरण गर्न खोजीएको कृषी तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले बताउनुभयो । आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्यमा स्वामित्वका आधारमा किसानको वर्गीकरण गरी योगदानमा आधारित किसान निवृत्तिभरण (पेन्सन) योजना लागू गरिने उल्लेख गरिएको थियो ।

Facebook Comments Box