चितवन १६ फागुन । खैरहनीको पर्सामा ग्रेट कन्सेप्ट स्टुडियो र ग्रेट टि। भी। सञ्चालनमा आएको छ । पर्साको चौबिसकोठि चोकमा स्थापित स्टुडियो र टि। भी। को खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले रिबन काटेर उदघाटन् गरे । उनले सञ्चार क्षेत्रमा ब्यवसायिक रुपमा स्थापित ब्यक्तिहरुले सञ्चालनमा ल्याएकाले दुवै ब्यवसाय सफल हुने बिश्वास ब्यक्त गरे ।

सुचना तथा मनोरञ्जनका लागि ग्रेट टि। भी। बिश्वासिलो बिकल्पको रुपमा स्थापित हुने बताउदै उनले सहि सुचना र मनोरञ्जन प्रवाह गर्न आग्रह गरे । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख धनदेव साउदले फोटोग्राफि, भिडियोग्राफि तथा सञ्चारको क्षेत्रमा नयाँ आयाम थपिएको बताए । सञ्चालक अनिल कुवँरले आधुनिक समाजको आवश्यकतालाई महसुस गरेर फोटोग्राफि तथा भिडियोग्राफिमा नयाँ प्रयोगसहित ग्रेट कन्सेप्ट स्टुडियो सञ्चालन गरिएको बताए । स्टुडियोमा अत्याधुनिक उपकरणमार्फत फोटो, भिडियो, फिल्मसम्बन्धि काम गरिनुका साथै फ्लेक्स तथा गिफ्टहरु उपलब्ध हुने उनले बताए । त्यस्तै ग्रेट टि। भी। ले समाजको वास्ताविक चित्रण गर्ने सञ्चालक रामेश्वर रिजालको भनाई छ । उनले सहि र ओझेलमा परेका गतिविधिलाई प्रथामिकताका साथ स्थान दिइने प्रतिबद्धता जनाए । नेपालकै पहिलो सेल्फ अप रेडियो ग्रेट एफ एम १०६।४ मेगाहर्ज र ग्रेट प्लस ८८।५ मेगाहर्जको सफलता पछि समाजमा थप सेवा दिनका लागि नयाँ ब्यवसाय सुरु गरिएको सञ्चालकद्धयको भनाई छ । हाल ग्रेट एफ एम २४ घण्टा र ग्रेट प्लस १८ घण्टा प्रसारण हुदै आएको छ ।

Facebook Comments Box