चितवन १६ फागुन । यही फागुन २४ गतेबाट प्रदर्शमा आउन लागेको चलचित्र “खाग” का कलाकारहरु मोफसल टुर अन्तर्गत बुधबार चितवन आईपुगेको छ । चलचित्रको प्रदर्शनी मिति नजिकिदै गर्दा बुधबार चितवन आएको टोलीले चितवनमा पत्रकार सम्मेलन गरी कमलजङ्ग कुँबरद्धारा लिखित गैडालाई चार बर्ष किताबमा आधारित चलचित्र “खाग” को जानकारी दिएको हो । लेखक कमलजङ्ग कुँबर पूर्व चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी समेत रहेका थिए । द्धन्द्धकालमा ३८ वटा गैँडा तस्करी भएको त्यसमा आफु निर्दोस हुदा पनि ९ महिना जेल जिवन भोग्नु परेको कुँवरले बताउनु भयो । कारकागारमा बस्दाको पिडा परिवारलाई समाजले हेर्ने पिडा छोरा छोरीको भविष्यलाई पर्ने असरलाई चलचित्रले देखाउन खोजको समेत उहाँले बताउनु भयो । चलचित्र खागमा चितवन राष्ट्रिय निकुञ्जका जनावारहरुको प्रकृतिक आवाज सुन्न सकिने छ। ३० प्रतिशत फुलगुच्छा गासेर निर्माण गरिएको यो चलचित्रले नेपालको पहिचानको रुपमा रहेको एक सिंग्य गैँडाको संरक्षणका लागि चेतना बृद्धि गर्ने खागका मुख्य कलाकार प्रविण खतिवडाले बताउनुभयो ।साथै चलचित्रको प्रथम रिभियुवरलाई १० हजार, दोस्रोलाई ५ हजार र देस्रोलाई २५ हजार पुरस्कार रहेको खतिवडाले जानकारी दिनुभयो । मनोज पण्डित निर्देशित चलचित्र “खाग” मा नरेन्द्र बराल, आरजेस रेग्मी, सिर्जना अधिकारी, अशान्त शर्मा, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन्। दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् भने प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।

Facebook Comments Box