काठमाडौ १६ फागुन । शान्तिपूर्ण वार्ताको माध्यमद्वारा समस्या समाधानको लागि भारत र पाकिस्तानलाई नेपाल सरकारले आग्रह गरेको छ । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा हिजो नेपाल सरकारले मुख खोलेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमद्धारा समस्याको समाधान खोज्न आग्रह गरेको हो । पुलवामा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई लिएर नेपाल सरकार चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच भारत र पाकिस्तान बीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्येनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको नेपाल प्रहरीले जनाएको छ । नेपाल जस्तो छिमेकीले दुवै देशलाई वार्ता मार्फत् समस्या समाधान गर्न प्रोत्साहन हुने गरि भुमिका खेल्नुपर्ने विश्लेषकहरुले बताएका छन् । भारत पाकिस्तान सम्बन्धका जानकार वरिष्ठ पत्रकार युवराज घिमिरेले दुईदेश बीच अहिले देखिएको तनाव द्धन्द्धको संकेत भनिहाल्न हतार हुने भन्दै शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न दुबै देशले ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments Box