चितवन ०४ फागुन । रेष्टुरेष्ट एण्ठ वार एसोसयसन(रेवान)सौराहाले आयोजना गरेको १३ औं सौराहा फुड फेष्टिवल शुक्रवार सम्पन्न भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो फेष्टिवलको ५० हजार स्वदेशी तथा विदेशी पर्यटनले अबलोकन गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनु भएको छ । फेष्टिवलका संयोजक ध्रुव गिरीले पर्यटकको संख्या भन्दा पनि फेष्टिवलले चितवनको पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको भन्दै फेष्टिवल सफल भएको बताए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटन प्रर्बद्धनका लागि फुड फेष्टिवल कोसेढुंगा सावित भएको बताए । समापन कार्यक्रममा फेष्टिवल सम्पन्न गर्न सहयोग गर्ने स्थानीय सरकार,विभिन्न संघसंस्था,प्रयोजक,सहप्रायोजक,कलाकार,उपसमिति संयोजकहरु,सञ्चार संस्थाहरुलाई धन्यवाद स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा रेवान सौराहा संग सहकार्य गरेर सामाजिक काम गरेको भन्दै सपना भिलेज सोसियल इम्प्याक्टलाई सम्मान गरिएको थियो । भ्यालेनटाइन डे को अबसर पारेर आयोजना गरिएको सो फेष्टिवलमा ५० वटा खाना र ५ वटा प्रर्दशनी स्टलहरु रहेको रेवानका निर्वतमान अध्यक्ष राजन भट्टले जानकारी दिए । फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको काम गरिने छ । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष वलराम दाहाल,रेवानका पूर्व अध्यक्ष तथा वडा नं ७ का वडा अध्यक्ष राजन भट्ट, वडा नं १० का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्य,रेवानका महासचिव कृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो । फेष्टिवल अबधि घर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
साथै समापन समारोहमा संवोधन गर्दै रेवान अध्यक्ष गिरीले नेपाली नयाँ वर्षको अवसर पारेर यसपालि वाट दुई दिने सडक फेष्टिवल आयोजना गर्ने वताउनु भएको छ ।
फेष्टिवल नेपालको पर्यटकिय नगरी चितवनको सौराहा हात्ती चोक देखि गौडा चोक सम्म सडकमा गरिने अध्यक्ष गिरिले वताउनु भएको छ ।

Facebook Comments Box