चितवन २७ माघ । अशक्त अवस्थामा रहेका खैरहनी २ नमुना गाउँमा वसोवास गर्ने आमा छोरीलाई आईतवार खाद्यान्न सहयोग गरिएको छ । समाजसेवी मुरली प्रसाद गजुरेलको पहलमा पत्रकार धु्रवराज खनाल र स्वयमसेविकाहरु चन्द्रा श्रेष्ठ र अनिता खरेलले ति आमा छोरीलाई खाद्यान्न सहयोग गरेका हुन् । नमुना गाउँकी ९६ वर्षिया विष्णुमाया दाहाल र ६७ वर्षिया धनकुमारी दाहाललाई करिव २ महिनाका लागि पुग्ने खाद्यान्न प्रदान गरिएको थियो । यसअघि सहयोग गरिएको खाद्यान्न सकिएको जानकारी पश्चात समाजसेवी गजुरेलको सहयोगमा पुन खाद्यान्न प्रदान गरिएको स्वयमसेविका चन्द्रा श्रेष्ठले जानकारी दिईन् । दहाल आमा छोरीलाई एक बोरा चामल,दाल,नुन,तेल,जिरा मसला,विस्कुट सहयोग गरिएको अर्की स्वयमसेविका अनिता खरेलले वताईन् । गजुरेल हाल अष्टे«लियामा छन् । उमेरका कारण आमा विष्णुमाया केही गर्ने अवस्थामा छैनन् भने छोरा धनकुमारी शारीरिक अवस्थामा अवस्थ छिन् । दाहाल आमा छोरी २०५० सालमा आएको बाढीबाट विस्थापित भई सरकारले व्यवस्थापन गरेको नमुना गाउँको सरकारी जग्गामा वस्दै आएका छन् । सरकारले घरसहित निर्माण गरेर बाढी पीडितहरुलाई त्यहाँ व्यवस्थापन गरेको थियो ।

Facebook Comments Box