चितवन २७ माघ । रत्ननगर नगरपालिका वडा नं १० को अत्याधुनिक भवनको आइतवार शिलान्यास गरिएको छ । एक .करोड २३ लाखको लागतमा निर्माण गरिने सो भवनको मेयर नारायण वनले शिलान्यास गरेका छन । सो अबसरमा उनले नगरभित्रका वडा कार्यालय निर्माणलाई तीब्रता दिइएको बताए । उनले अन्य वडाकार्यालयको तुलनामा वडा न १० को कार्यालय अत्याधुनिक र प्रविधिमैत्री बन्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरवासीले तिरेको करबाट निर्माण गरिने पूर्वाधारमा नगरवासीको निगरानी आवश्यक रहेको बताइन । प्रमुख प्रशासकीय अधिकृत वाबुलाल रेग्मीले वडा कार्यालय निर्माण भएपछि नागरिकले पाउने छिटो र छरितो हुने बताए । नयाँ भवन अण्डरग्राउण्ड सहित तीन तलाको बन्ने वडा अध्यक्ष केशव आचार्यले बताए । कार्यक्रममा नगरपालिकाका इन्जिनियर पंकज गिरी,वडा सदस्यहरु कमलबहादुर घिरिमे,सीता भेटवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतितिनिधि,आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments Box