राजेन्द्र आचार्य
चितवन, २६ माघ । चितवनमा एक्कासी आएको हावाहुरीका कारण १३ औँ संस्करण सौराहा फुड फेष्टिवलमा करिब २० लाख बराबरको क्षति भएको छ ।
शुक्रबार राति आएको हावाहुरी फुडफेष्टिवलका लागि सौराहाको सिसवार खैल मैदानमा बनाईएको स्टलहरु र छेकबार सबै भत्काईदिएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए ।
प्रेम दिवसको अवसर पारेर यहि माघ २८ गतेदेखि फुडफेष्टिवल हुदै थियो ।
हावाहुरीले गरेको नोक्सानीबाट फुड फेष्टिवललाई क्षतिपुगेको भन्दै अध्यक्ष गिरीले भने, “ ९५ प्रतिशत तयारी पुरा भएको थियो । यो नोक्सानीले सौराहा मात्र होईन् कीसमग्र चितवनलाई क्षति पुराएको छ । ”
यो पटक फरक र मौलिक तरिकाबाट गेट सजावटदेखि अन्य निर्माण कार्य सकिनै लाग्दा आएको हावाहुरीले क्षति पुराए पनि निर्धारित समयमा नै फेष्टिवल सुरु हुने गिरीले जानकारी दिए । आर्कषिक मुल गेटमा समेत क्षति पुगेको छ ।
माघ २८ देखि फागुन ३ गतेसम्म चल्ने फेष्टिवलमा यो पटकबाट प्लाष्टिक मुक्त अभियानलाई केहिहद सम्म न्यूनिकरण गर्ने अभियान सुरु गरिएको फेष्टिवलका संयोजक धुव्र गिरीले बताए ।
फेष्टिवलमा स्वेदेशी मौलिक खानाका परिकार देखि विदेशी खानाका परिकारसगैँ यो पटक थारु घर नै बनाएर थारु खाना पस्कीने कार्यले सबैलाई आर्कष्ति गर्ने उनले बताए ।
फेष्टिवलमा चर्चीत गायक मिलन लामा पशुपति शर्मा, रमेशराज भट्टराईदेखि स्थानिय कलाकारहरु दैनिक विविध प्रस्तुती थप आर्कषणको केन्द्र रहेको छ ।
फेष्टिवलको बचत रकमबाट विगतमा गर्दै आएको सामाजिक कार्यलाई निरन्तरता दिदै गरिब र विपन्न बालबालिकाहरुलाई पढाउने अभियान यो पटकदेखि सुरु गर्ने रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्ट(राजन)ले बताए

Facebook Comments Box