चितवन २३ माघ । पूर्वी चितवनको रत्ननगर ६ बछौली स्थित बछौली माविमा सञ्चालित महायज्ञमा आज बुधवार ३३ लाख रुपैया संकलन भएको छ ।
आज बुधबार संकलित ३३ लाख सहित आठौ दिन सम्म एक करोड ४० लाख रुपैया संकलन भएको विद्यालयले जनाएको छ । अंग्रेजी माध्यम,प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गरिएको हो ।


महायज्ञमा आज स्थानिय रामकुमार भट्टराईले १० लाख ५० हजार,बलराम दाहालले ३ लाख ११ हजार १ सय ११ रुपंैया , चित्रसेन आयल स्टोरका संचालक जीवन चौधरीले १ लाख ११ हजार १ सय ११ रुपया ,माधव दुवाडीले १ लाख १ हजार १ सय रुपया, विश्वमवर चौधरीले ५१ हजार १ सय ५१ रुपया दान गरेको विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारीदिनुभयो ।

गत माघ १६ गतेबाट सुरु भएको सो महायज्ञ एकदिन थप गरि भोली बिहिबार समापन हुदैछ । महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथाबचन गरेका छन ।

Facebook Comments Box