चितवन २२ माघ । पूर्वी चितवनको रत्ननगर ६ बछौली स्थित बछौली माविमा सञ्चालित महायज्ञमा मंगलवार २९ लाख रुपैया संकलन भएको छ । मंगलवार संकलित २९ लाख सहित सातौं दिन सम्म एक करोड १० लाख रुपैया संकलन भएको विद्यालयले जनाएको छ । अंग्रेजी माध्यम,प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा मंगलवार मन्दलाल तामाङ र जितबहादुर तामाङले १ लाख २१ हजार,केशव खनाल १ लाख २७ हजार,गंगा गिरीले १ लाख ५५ हजार,बछौली माविका शिक्षकहरुले सयुक्त रुपमा १ लाख १ हजार,कृष्ण प्रसाद सापकोटा र नन्दकुमारी सापकोटाले १ लाख २ हजार,पूर्ण प्रसाद चौधरीले १ लाख १ हजार,गणेश घिमिरे,रामशरण घिमिरे र भागिरथी घिमिरेले १ लाख १ हजार,विष्णु प्रसाद अर्यालले ९३ हजार र विद्यालयका प्रधानाध्यापक मरहठ्ठाले ५१ हजार रुपैया दान गरेका छन । महायज्ञमा सोमवार सौराहाका व्यवसायी सम्भूप्रसाद मालीले ३ लाख ११ हजार दान गरेका थिए । गत माघ १६ गतेबाट सुरु भएको सो महायज्ञ बुधवार समापन हुदैछ । महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथाबचन गरेका छन ।

Facebook Comments Box