गुणस्तरीय शिक्षाको आवश्यकता खड्कियो : राष्ट्रपति भण्डारी

चितवन, २२ माघ । चितवनको रहेको आदिकवि भानुभक्त माविले स्थापनाको ५०औँ वर्ष पार गरेको खुसीयालीमा स्वर्ण महोत्सव मनाएको छ । स्वर्णमहोत्सवको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।
स्वर्ण महोत्सवको उद्घाटन गर्दै भण्डारीले हाम्रो देशमा रहेको अमूल्य प्रकृतिक सम्पदाको सदुपयोग शिक्षित, इमान्दार र कुशल जनशक्तिले मात्रै गर्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । नेपाललाई आगामी केही वर्षभित्र अति कम विकसित मुलुकबाट मध्यम आय भएको मुलुकको स्तरमा विकसित गर्दैं अगाडि बढ्ने राष्ट्रिय लक्ष्य भएको सन्दर्भमा गुणस्तरीय शिक्षाको आवश्यकता झनै खड्किएको भण्डारीले बताउनुभयो ।
सो कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले सरकारले आगामी केही वर्ष भित्रमा साक्षर नेपाल निर्माण गर्ने गरि तयारी थालेको बताउनुभयो । स्वर्ण महोत्सवको कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संसदबाट मौलिक अधिकारका सबै कानुन पारित भइसकेको सन्दर्भमा भोलि एक सय नौ वटा कानुन संसदमा पेश गर्ने तयारी गरिरहेको बताउनुभयो । विद्यालयले यस शैक्षिक सत्रबाट कक्षा ११ मा तीन वर्षे सिभिल इन्जिनियरिङको पढाई सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि अधिकारीले जानकारी दिनुभयो

साभार सौराहा अनलाईन

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →