चितवन, १९ माघ । रत्ननगरको टाँडीमा नेपाल विद्यार्थी संघ सहिद स्मृती क्याम्पस ईकाईले शुक्रवार साँझ मसाल जुलुस निकालेको छ ।
उनीहरुले सहिद स्मृती क्याम्पस देखि टाडी चोक सम्म राँके जुलुस निकालेका थिए । सो क्रममा नेविसंघका विद्यार्थीहरुले सरकारको विरुद्ध नाराबाजी गरेका थिए ।

नेपाल विद्यार्थी संघले सरकार अधिनायकवादतर्फ अघि सरेको आरोप लगाएका छन् । उनीहरुले सरकार बिरुद्ध बोल्न, लेख्न नपाइने, प्रतिपक्षका कुरामा सुनुवाई नहुने, आफैले गरेको सम्झौता आँफैले उल्लघंन गर्ने जस्ता काम गरेका कारण अधिनायकवाद तर्फ केन्द्रित भएको बताएका हुन् ।
कार्यक्रम नेपाल विद्यार्थी संघ सहिद स्मृती वहुमुखि क्याम्पस ईकाई सभापति विवेक उदासको अध्यक्षताका भएको थियो ।

Facebook Comments Box