विकाश पौडेल
चितवन १८ माघ । रत्ननगरको वछौलीमा श्रीमद् भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ बुधवारदेखी सुरु भएको छ । वछौली माध्यमिक विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन गर्ने र प्राविधिक शिक्षा संचालनका लागि महायज्ञ सुरु भएको हो । महायज्ञबाट करिव २ करोड संकलन गर्ने लक्ष्य लिईएको छ ।
यसै विच महायज्ञको दोस्रो दिन विहिवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष राममणी खनालको परिवार वाट सबैभन्दा बढी १ लाख ५१ हजार रुपैया सहयोग गर्नु भएको छ ।
छोराहरु बद्री खनाल , राममणी खनाल र ऋषि खनालले आमाको नाममा १ लाख ५१ हजार रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिनु भएको छ ।
मरहठ्ठाका अनुसार कक्षा १ देखी १० सम्म अग्रेजी माध्यमबाट पढाई गरिने र कक्षा ११ र १२ मा प्राविधिक शिक्षा संचालन गरिने वताए । वि.सं. २०१५ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४ सय ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Facebook Comments Box