कंकाली माविको स्वर्ण महोत्सव प्रचण्डद्धारा उद्घाटन ( भिडियो सहित )

चितवन, १७ माघ । पूर्वी चितवनको खैरहनी १ वहेरी स्थित कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव बिहीवारदेखी सुरु भएको छ ।
स्वर्ण महोत्सवको एक समारोहका बीच पुर्व प्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले गरिव,निमुखा वर्ग समुदायका विद्यार्थीले सहज रुपमा पठनपाठन गराउन शिक्षाको सुधार गर्दै गुणात्मक विकास गर्नु पर्ने वताए ।

‘शिक्षा नै विकास र समृद्धिको आधार हो । जबसम्म शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित हुँदैन, एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुन जान्छ’ उनले भने, ‘शिक्षामा सुधारको निम्ति सरकारको तर्फबाट पार्टीको तर्फबाट प्रयास भएको छ ।


उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’

निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन कसरी मिलाउने भन्नेमा पार्टी र सरकारको ध्यान केन्द्रित भएको उनको भनाइ छ ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उनले जानकारी दिए । ‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ ।


सामुदायिक विद्यालयको गुणस्तर वृद्धीका लागि उच्च स्तरीय शिक्षा आयोजना निर्माण गरेर प्रतिवेदन वनाउने काम भईरहेको उनले वताए ।
सो अवसरमा पुर्व प्रधानमन्त्री प्रचण्डले विद्यालयमा निर्माण गरिएको स्वर्ण प्रवेशद्धार र स्वर्ण स्तम्भको उद्घाटन गरेका थिए ।
पुर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयले विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्नु पर्ने वताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाली काग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक अन्जना आचार्य लगायतले मन्तव्य राखेकी थिईन् ।
स्वर्ण महोत्सवको अवसरमा शुक्रवार १८ गते पुर्व विद्यार्थी समाजको आयोजनामा सास्कृतिक कार्यक्रम, १९ गते रक्तदान कार्यक्रम र श्रोत केन्द्र स्तरीय भलिवल प्रतियोगिता २० गते भलिवल प्रतियोगिताको समापन हुने स्वर्ण महोत्सवका आर्थिक समिति संयोजक ज्ञानवहादुर विसुरालले वताए ।


त्यस्तै माघ २१ गते विद्यालय व्यवस्थापन समिति,शिक्षक,अभिभावक, टोल सुधार समिति, आमा समुहको विविध खेलकुद कार्यक्रम, माघ २२ गते विद्यालयस्तरीय खेलकुद कार्यक्रम, २३ गते निवन्ध, कविता प्रतियोगिता, २४ गते पुरस्कार वितरण तथा सम्मान र २५ गते सम्मान एवंम् समापन कार्यक्रम रहने विसुरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →